आइतबार बेलुकीदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका किसान मर्कामा परेका छन्। बर्खे बाली धान काटेर भित्र्याउनै लाग्दा परेको पानीले खेतमै धान भिजेका छन्।...
झापा । एकपछि अर्को गर्दै आउने प्राकृतिक प्रकोपले किसानले सास्ती पाउन थालेका छन् । वर्षाका कारण बाढी जाँदा सास्ती पाइरहेका किसानले सुख्खायाममा भने हावाहुरी लगायतका कारणले सास्ती पाउने गरेका हुन् । बेमौसमी असिनापानी, हावाहुरी लगायतका कारण बालीनालीमा क्षति हुन थालेपछि कृषि पेशामै निर्भर किसानले सास्ती भोग्ने गरेका छन् ।
गत कात्तिक पहिलो साता परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानमा क्षति भोगेका किसानले पछिल्लो समय हावाहुरी तथा असिनापानीबाट क्षति भोगिरहेका छन् ।
चैत अन्तिम साता परेको असिनापानीले झापामा कयौं बिघा जमीनको मकैमा क्षति गरेको छ । झापा गाउँपालिका–४ का ६३ वर्षीय हजरत अली मियाँले ४ बिघा जमिन भाडामा लिएर लगाएको मकै हावाहुरी परेको असिनापानीले सखाप पारेको बताए । ‘थाहा छैन अब के खाने साहुको ऋण कसरी तिर्ने?’ उनले प्रश्न गर्दै भने, ‘विपद् पनि गरिबलाई नै आइलाग्दो रहेछ ।’
उनले विगत तीन वर्षदेखि प्रतिबिघा वार्षिक ३२ मन धान वा मकै दिने शर्तमा चार बिघा जमीन भाडामा लिएर खेती गर्दै आएका थिए ।
ऋण काढेर प्रतिबिघा ६० हजार रुपैयाँ खर्च गरेर लगाएको मकै अब १० कठ्ठामा मात्र सीमित भएको उनले बताए । उनले सुत्ला च्याप्दै गरेको मकै असिना पानीले सोत्तर पारेपछि गाईलाई घाँस पनि नहुने अवस्थामा पुगेको बताउँदै निराशा व्यक्त गरे ।
गत कात्तिकमा परेको अविरल वर्षाका कारण पनि उनको धानबालीमा क्षति भएको थियो । ‘गत कार्तिकमा धान पाक्नै लागेका बेला परेको वर्षाले सखाप पार्यो’ उनले भने ।
सोही स्थानका किसान लाल मियाँले पनि सात बिघा जमिन भाडामा लिएर मकै लगाएका थिए । तर, चैत अन्तिम साताको असिनापानी र हावाहुरीले सबै नष्ट गरेको दुखेसो पोखे । ‘कसलाई सुनाउनु हाम्रो पीर व्यथा?’ उनले भने, ‘सुन्ने र हेर्नबाहेक विपदमा कोही नहुँदो रहेछ गरिबको साथी ।’
गत कात्तिकमा उनको पनि धानबालीमा क्षति पुगेको थियो । तर, क्षतिपूर्तिस्वरुप राहत हालसम्म कतैबाट नपाएको उनको गुनासो छ ।
सुत्ला च्याप्दै गरेको मकैबालीमा ठूलो क्षति पुगेको झापा गाउँपालिका–३ का किसान लक्ष्मी उप्रेतीको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा मकैजोन नै घोषणा गरेर खेती गरिएको छ । सरकारले मल बीउलगायतमा सहुलियत र कृषि उपकरणमा समेत अनुदान दिन थालेपछि मकैखेती जिल्लामा फस्टाएको थियो । कनकाई नगरपालिका, बाह्रदशी, झापा र कचनकवल गाउँपालिकामा ५ सय हेक्टर क्षेत्रमा मकैजोनमार्फत खेती भइरहेको परियोजना कार्यालयका सूचना अधिकृत रवीन निरौलाले बताए ।
उनले हावाहुरीका कारण मकैमा पुर्याएको क्षतिबारे कार्यालयमा कुनै जानकारी नआएको बताए । जिल्लामा हाल करिब ४० हजार हेक्टर क्षेत्रमा मकैखेती हुँदै आएको छ । हावाहुरी र असिना पानीले लहरे तरकारी बालीमा पनि निकै क्षति पुर्याउने गरेको छ । रासस
एकपछि अर्को गर्दै आउने प्राकृतिक प्रकोपले झापाका किसानलाई सताउन थालेको छ । बेमौसमी असिनापानी, हावाहुरी आदिका कारण बालीनालीमा क्षति हुन थालेपछि कृषि पेशामै निर्भर रहने किसानको खुसी लुटिन थालेको छ । छ महिनाअघि अर्थात् कात्तिकमा आएको मुसलधारे वर्षाका कारण धेरै किसानले धानखेतीमा ठूलो क्षति व्यहोरेका थिए । पाँक्नै लागेको धान खेतमै कुहिँदा र कनकाई, विरिङ, …