खर्च बढ्दा यस वर्ष नेपाल लाइफ १९ करोडभन्दा बढी नोक्सानीमा

वैशाख ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १९ कोड ४५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  गत वर्ष यस अवधिसम्म रू. ५० करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष खर्च बढेसँगै नोक्सानीमा देखिएको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २७ दशमलव १८ प्रतिशत कम हुँदा खर्च रकम २०७ दशमलव ६५ प्रतिशत बढी भएको हो ।  गत वर्ष रू. ७४ करोड ६६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५४ करोड ३६ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. २३ करोड ९९ लाखभन्दा बढी मात्र खर्च गरेको कम्पनीले यस वर्ष रू. ७३ करोड ८२ लाखभन्दा बढी खर्च गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा ४ दशमलव २० प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ३० दशमलव ६७ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष रू. २५ अर्ब ३७ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २६ अर्ब ४३ करोडभन्दा बढी आर्जन गरेको छ । त्यस्तै गत वर्ष रू. ७ अर्ब १४ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ९ अर्ब ३३ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।   १४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम यस वर्ष ६० दशमलव ३९ प्रतिशत कम रू. ४४ करोड ४९ लाख कायम भएको छ ।  जीवन बीमा कोष रकम गत वर्षभन्दा करीब २२ प्रतिशत बढी रू. १ खर्ब ३१ अर्ब १६ करोड २७ लाख पुगेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव शून्य ३ रहेको छ ।

सम्बन्धित सामग्री

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ पाठशाला’ प्रशिक्षण कक्षा सुरु गरेको छ । कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षा शुक्रबारदेखि सुरु भएको हो ।

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले उक्त प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको […]

‘नेपाल लाइफ अनमोल जीवन’ योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ।

नेपाल लाइफको नयाँ योजना ‘नेपाल लाइफ अनमोल जीवन’ सार्वजनिक, यस्ता छन् विशेषता ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ नामको जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बिमा योजना ल्याएको छ ।कम्पनीले बजारको माग र आवश्यकताअनुसार विभिन्न विशेषताहरू सहितको जीवन बिमा योजनाहरू ल्याउने गरेको जनाएको छ । उक्त योजना अनुरुप न्यून लगानीमा अधिक जोखिम बहन हुनुका साथै व्यक्तिले गरेको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ ।नेपाल लाइफ आईइन्स्योर जीवन बिमा योजना मुनाफामा सरिक नहुने […]

नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाडौं–बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता […]

बिमाशुल्कमा नेपाल लाइफ अगाडि

मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको जनाएको छ।...

नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...

नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटघाट

बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजश्व दाखिला गरे बापत उत्कृष्ट करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजश्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमति भएको छ […]