सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबूकमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबूकमार्फत नाबालिका र युवतीहरूलाई साथी बनाई डर धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाई दुःख हैरानी दिने काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
ब्यूरोले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।