निजी क्षेत्रले भन्यो : ‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दा निजी क्षेत्रमाथिकै प्रहार’

माघ १७, काठमाडौं । निजी क्षेत्रले ‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दा निजी क्षेत्रमाथिकै प्रहार’ भएको बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाप्रति निजी क्षेत्रका नेपालका मूख्य संघ संगठनले संयुक्त प्रतिवाद गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले  सोमवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको उक्त कदमप्रति विरोध गरेको हो । संयुक्त विज्ञप्तिमार्फत निजी क्षेत्रका ती संस्थाले कोभिड–१९ महामारीबाट तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको पनि बताएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा अख्तिायारको मुद्दाले नेपालमा लगानी प्रवर्द्धन, रोजगारी सृजना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पर्ने भन्दै गम्भीर चिन्ता व्यक्त  गरिएको छ । ‘आयात प्रतिस्थापनमा नमूनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट नीतिगत सहजीकरण भएको अवस्थामा निर्यातको उच्च सम्भावना रहेको सिमेन्ट उद्योगलाई प्रताडित गरिनु दुर्भाग्यपूर्ण छ ।’ आर्थिक पुर्नउत्थानमा निजी क्षेत्रलाई सहजीकरण गर्दै अघि बढाउन प्रयास गर्नु पर्ने बेलामा नेपालमा भने भ्रष्टाचारजन्य कसुर लगाउन खोज्नु निजी क्षेत्रमाथिको प्रहार भएको विज्ञप्तिमा उल्लेख छ । अख्तियारको कदमले नेपालमा निजी क्षेत्रको विस्तारमा गम्भीर असर पर्नेतर्फ सचेत रहन पनि विज्ञप्तिमा भनिएको छ । सिमेन्ट उद्योगहरुले चुनढुंगा उत्खननका लागि उद्योगहरूले लिएको माइनिङ स्किम भित्र रहेर उत्खनन गर्दा पनि खानी विभागबाट पटकपटक अध्ययन समिति गठन गरी प्रतिवेदन तयार गर्ने र जरिवाना लगाउने काम गरेको अवस्थामा क्षतिपूर्ति (राजस्व) असुली नगरेको भन्दै अख्तियारले मापदण्डअनुसार काम गर्दै आएका उद्योगीलाई आरोपित गर्नु ठिक नभएको तर्क पनि उनीहरुको छ । ‘उद्योगीमाथि सृजित राजस्व एवं अन्य दायित्वबारे जानकारी नै नदिई एक्कासी मुद्दामा जाने निर्णयले निजी क्षेत्रलाई मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्षतिपूर्ति असुलीका अन्य विकल्प एवं कानूनी बाटो अवलम्बन गर्नुको सट्टा सिधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास हो भन्ने हाम्रो बुझाइ छ ।’

सम्बन्धित सामग्री

गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानिनोक्सानी […] The post जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, […]

अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

असईविरुद्ध एक करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ […]

बाराका पूर्वगाविस सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

बारा जिल्ला साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था […] The post फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था […] The post फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.