जाइकाको नेपाल प्रमुखमा अकिमुत्सो अकिबु नियुक्त

फागुन ३, काठमाडौं । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ । यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल सकिएलगत्तै अकिबुलाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा मंगलवार जारी विज्ञप्ति उल्लेख छ । यसअघि अकिबु  जाइकाकै टोकियोस्थित मूख्यालयमा बरिष्ठ प्रतिनिधिमा रहेका थिए ।  सन् २०२१ देखि जाइकामा प्रवेश गरेका अकिबुले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटान, म्यानमार, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन् । नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित सामग्री

नार्कको निमित्त प्रमुखमा कनिष्ठलाई नियुक्त गरिएको आरोप

६ असार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को निमित्त प्रमुखमा कनिष्ठलाई नियुक्त गरिएको भन्दै कृषि वैज्ञानिकहरुले आपत्ति जनाएका छन । मंगलबार कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट नेपाल (सास) ले एक विज्ञप्ति जारी गर्दै यस्तो असन्तुष्टी व्यक्त गरेको हो । गत ३१ जेठमा कृषि मन्त्रालयले नार्ककको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी डा. […]

एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीतसँगै विदेश विभाग प्रमुख नियुक्त गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको पहिलो कार्यसमिति बैठकले  विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो । सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको शहरी विकास मन्त्री रामकुमारी झाक्रिले जानकारी...

आयल निगमको प्रमुखमा थानी नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा इन्जिनियर उमेशप्रसाद थानी नियुक्त भएका छन ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । स्वाथ्य मन्त्री विरोध खतिवडाले निगमको प्रमुखमा थानीलाई नियुक्त गरेको जानकारी दिए ।उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । थानी नेपाल विद्युत प्राधिकरणका […]

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ ।

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिमुत्सो अकिबु नियुक्त

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ । यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ ।  यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधान कार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत थिए । सन् २०२१ देखि जाइका प्रवेश गरेका उनले नियोगका  विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका व...

परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय […]

खापुङ, परियार र जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८-७-२२ गतेको बैठकको […] The post खापुङ, परियार र जोशी प्रदेश प्रमुखमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई […]

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

न्यज अफ नेपाल, काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।