राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफू अनुकूल व्याख्या गरेर भनेर अदालतलाई दबाब दिनु अनुचित भएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण सम्पन्न भएको सभाहलको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए ।स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गर्नुपर्ने तिमिल्सिनाको भनाइ थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि