मालपोत अधिकृत घूससहित पक्राउ

जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सम्बन्धित सामग्री

मालपोत अधिकृत घूससहित पक्राउ

जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

मालपोत कार्यालयका प्रमुख र अमिन घूससहित पक्राउ

मंसिर १५, काठमाडौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिनलाई  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियारको टोलिले बुधवार मालपोत कार्यालय चनौली, चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र करारमा कार्यरत भरतपुर महानगरपालिका- २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिंदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका थिए ।  अख्तियारले प्रमुख पौडेलबाट १ लाख ५०  हजार रुपैयाँ नगद र अमिनबाट १ लाख ५०  हजार रुपैयाँ नगद र ३ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाटलगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । अख्तियारको टोलिले उनीहरु दुवैलाई भरतपुर–४ धर्मचोक लङ्कुबाट पक्राउ गरेको अख्तियारका  सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

मालपोत अधिकृत ५० हजार घूससहित पक्राउ

मालपोत कार्यालय चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल घुससहित पक्राउ परेका छन् ।  अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई पक्राउ घूस रकमसहित पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित मालपोत कार्यालयको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।