निर्माण व्यवसायीहरुले आउँदा आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका छन् ।विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका हुन् । शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल