माेरङ- मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पुर्याएबापत दुईजना साहित्यकारलाई पुरस्कृत गरेको छ। समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको हाे। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले […]