पहिरोको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरी चाँगुनारायण–४ हुची ढुङ्गामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गरेका हुन् । नगरपालिकाको ग्रामीण […]

सम्बन्धित सामग्री

जोखिममा चाँगुनारायण अस्पताल

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको उच्च जोखिममा परेको छ । अस्पतालको नयाँ भवन निर्माणका क्रममा डोजर चलाउँदा भासिएको भिरालो क्षेत्र लगातारको वर्षात्का कारण खस्न थालेको छ । अस्पताल भवनको उत्तरपट्टिको पाखा भासिएको छ ।

सात अस्पताललाई अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न ९ करोडभन्दा बढी प्रदान

काठमाडौं। अर्थ मन्त्रालयले देशका सातवटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान, थप एचडीयू स्थापना, कम्प्युटेड रेडियोग्राफी एक्स-रे र इकोकार्डियोग्राफर खरिद गर्न ९ करोड ५ लाख ७० हजार दिने सहमति प्रदान गरेको छ। उक्त रकमबाट ओखलढुंगा अस्पताल, दार्चुला अस्पताल, मध्यविन्दु अस्पताल, चाँगुनारायण अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बन्दीपुर अस्पताल र बीपी कोइराला क्यान्सर अस्पताललाई ती सामाग्री खरिद गरिनेछ।