बंगेचौर र कुश्मा नगरपालिका जोड्ने झोलुंगे पुलको मंगलवार साँझ देखिएको आकर्षक दृश्य

बागलुङ नगरपालिका–१ बंगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुंगे पुलको मंगलवार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुंगे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

पर्वतमा भेटियो दुर्लभ प्रजातिको ‘किङकोब्रा’

पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ।...

यती विमान दुर्घटना : पर्वतका ५ जनाको सनाखत

काठमाडौं : आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका ९ जनाको मृत्यु गएको पुष्टि भए पनि ५ जनाको सनाखत भएको छ।ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन्।कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको  छ भने पर्वतको विहादी गाउँपालिकाका ४ जनाको सनाखत हुन सकेको छैन।दुर्घटनामा ज्यान गुमा

कुश्मा नगरपालिका : कक्षा ४ देखि ११ सम्मको परीक्षा स्थानीय तहले चलाउने

पर्वत : कक्षा आठको वार्षिक परीक्षालाई मात्रै स्थानीय तह स्तरीय बनाउँदै आएको पर्वतको कुश्मा नगरपालिकाले अब अन्य कक्षाका वार्षिक परीक्षाहरूलाई पनि स्थानीय तह स्तरमा सञ्चालन गर्ने भएको छ।नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीबीच हालै सम्पन्न भएको बैठकबाट यो निर्णय भएको हो।कक्षा तीनसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कायम रहेकोले कक्षा चारबाट लागू हुने गरी परीक्षाको तयारी गरिएको हो। कक्षा १० को अन्त्यमा हुने

पर्वतमा बाँदर आतङ्क: किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए।...

पर्वतमा आगलागीबाट पसल सहित घर जलेर नष्ट, कुँवर परिवारको बिचल्ली

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो । शुक्रबार राति १२ बजेको समयमा लागेको आगलागीबाट पसलमा बिक्रिका लागि राखिएका सम्पुर्ण सामाग्री सहित घर जलेर नष्ट भएको छ । आगलागी हुँदा घर पूर्ण रुपमा […]

कुश्मा नगरपालिका : पहिरो पीडितलाई क्षतिअनुसार राहत दिने

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले हालैको बर्खामा भएका मनसुनजन्य विपद् तथा महामारी जन्य विपद्को कारण समस्या परेका नागरिकलाई राहतको घोषणा गरेको छ।कुश्मा नगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितहरूको अवस्था हेरी राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आगलागीजन्य घटनाका पीडितलाई पनि राहत दिने निर्णय गरेको छ।नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २०७८ साल चैत्र देखी २०७९ साल असोजसम्म निवेदन दिएका पीडितहरूलाई राहत दिने निर्णय गरेको हो।कार्यालयमा क्षतिको निवेदन दिएका

कुश्मा नगरपालिका २ खुर्कोटमा गठबन्धनको अग्रता

पर्वतको  कुश्मा नगरपालिका २ खुर्कोटमा गठबन्धनका रामचन्द्र जोशी र उपाध्यक्षमा नेकपा एमाले अग्रता लिएको छ । गठबन्धनले ७७४ मत ल्याउँदा एमाले अध्यक्ष उम्मेदवार गणेश पौडेलले ५१६ मत प्राप्त गरेका छन् ।उपप्रमुख  एमालेका उम्मेदवार स्वस्थानी रिजालले ५९५ मत प्राप्त गरेकी छन् भने गठबन्धनका शकर गिरीले ५५४ मत ल्याएका हुन् । वडा नम्बर २ खुर्कोटमा गठबन्धनले नै अग्रता लिएको छ । यस्तै, एमालेले वडा अध्यक्ष ५९९ मत प्राप्त गर्दा गठबन्धनले ७०७ मत प्राप्त गरेका छ ।

पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, १९ घाइते

पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले  ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै...

७ जना जुवाडे समातिए

कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।