कात्तिक २, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओलाई केयर रेटिंग्स नेपालले केयर एनपी डबल बी रेटिंग प्रदान गरेको छ ।
केयर रेटिङ्गसमा डबल बी रेटिङ्गसले कम्पनीको वित्तीय अवस्था सवल रहेको जनाउँछ । कम्पनीले कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० २० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।