३ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर ९, काठमाडौं । दुई ओटा वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डूसँगै प्राइम लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।  ती तीन ओटै कम्पनीहरुले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय नयाँ बानेश्वर,काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।  सभा विहान १० बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीको सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  त्यस्तै बैंक अफ काठमाण्डूले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कमपनीको गत कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  साथै सभाले कम्पनीका अधिकृत पूँजी वृद्धि गरी रू. ५ अर्ब कायम गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने, कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापकतर्फ ६० प्रतिशत तथा सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।  सभाले सर्वसााधरण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।   

सम्बन्धित सामग्री

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ ।

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित आज अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । लुम्बिनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ ।&nbs

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० चैत । जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्न शनिबार चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्दैछ । गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसको साधारण सभा चैत […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पौष १४ गते देखि २८ गते सम्म, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १४ साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द  गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। मितेरी डेभलपमेन्ट बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चु...

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।    विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।     महुली लघुवित्...

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]

साधना लघुवित्तको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकोले आज (कात्तिक २ गते) सम्म कायम भएका शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने जनाइएको छ । कम्पनीले पाँचौं वार्षिक साधारण […]