संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, सडक र बारीमा भेटियो क्षतविक्षत अवस्था शव

संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।  मादी नगरपालिकाकी उपमेयर उर्मिला दुवेदीका अनुसार उनीहरूको शव कोहीको घरभित्र कोहीको सडकमा र कोहीको बारीमा फेला परेको बताइन् । मृत्यु हुने परिवार तेजबहादुर कार्कीको रहेको उनको भनाइ छ ।  ‘उनीहरूको शव घरमा, बारीमा, सडकमा छरपस्ट छरिएका छन्,’ दुवेदीले लोकान्तरसँग भनिन् । जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रवक्ता प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार हजुरआमादेखि ४ वर्षका बालकसमेत मृत फे...

सम्बन्धित सामग्री

एकै परिवारका ६ जनाको हत्या आरोपित ४ जनालाई आजीवन कारावास

काठमाडौँ । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी […] The post एकै परिवारका ६ जनाको हत्या आरोपित ४ जनालाई आजीवन कारावास appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकै परिवारका ६ जनाको हत्या प्रकरणका आरोपित ४ जनालाई आजीवन कारावास

काठमाडौँ । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी […]

एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास

२१ असार, विराटनगर । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद […]

मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरण: दुवै छोराहरु वैदेशिक रोजगारीमा

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा फेला परेका थिए। परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला...

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या

काठमाडौँ। सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिएका छन् । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदै छु ।’

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले रातोपाटीलाई जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । थप  विवरण आउन बाँकी रहेको छ ।