युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार

म्याग्दी : युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार गरिएको छ। रूस र युक्रेनबीचको युद्ध चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।समाजका अध्यक्ष सुसन परियारले दिएका जानकारीअनुसार मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका-७ बिमका तिलक सुनार र बेनी नगरपालिका-३ भकिम्लीका नारायण पुनको उद्धार गरिएको हो।उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो। अध्यक्ष परियारका अनुसार दिच

सम्बन्धित सामग्री

धौलागिरि आधार शिविरबाट १४ जनाको उद्धार, वर्षा र हिमपातमा परेर ४५ घोडा–खच्चड मरे

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरमा अलपत्र परेका १४ जनाको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण आधार शिविरमा फसेका १४ जनालाई हिजो मङ्गलवार र आज बुधवार गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो ।    धौलागिरि आधार शिविर पुगेका पर्यटक गाइड, खच्चड चालक र भरिया गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयाे ।उनीहरूलाई पोखराबाट गएको अल्टिच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको सहयोगमा उद्धार...

बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र […]

कास्कीमा बस दुर्घटना, ६ घाइते

सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

म्याग्दी : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, आठ जना घाइते

म्याग्दी – म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप दरबाङ–धारपानी सडकको बाटिकाको भीरमा दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परेर धवलागिरि-७ ताकमका २७ वर्षीय विशाल सुनारको ज्यान गएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । जीप दुर्घटनामा परेर घाइते भएका आठ जनालाई उद्धार गरेर अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएक...

घाइते दुईजनालाई म्याग्दीबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं : अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमका दुई जना घाइतेको उद्धार भएको छ।  म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले पोखराबाट गएको एउटा हेलिकोप्टरले दुई जना घाइतेको उद्धार गरी थप उ...

म्याग्दीबाट ३७ मजदुरको उद्धार

गलेश्वर । तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७  मजदुरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ

म्याग्दीबाट ३७ मजदुरको उद्धार

म्याग्दी : कोरोना संक्रमण फैलन नदिन लगाइएको लकडाउनका कारण अलपत्र परेका ३७ जना मजदुरहरुलाई म्याग्दीका विभिन्न ठाउँहरुबाट उद्धार गरिएको छ। कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सरकारले तीनसाता लामो लकडाउन गरेपछि विभिन्न जिल्लाहरुबाट आएर म्याग्दी जिल्लामा संचालित विभिन्न आयोजनाहरुमा काम गर्ने ३७ जना मजदुरह...