काँग्रेसबाट को–को बन्दैछन् मन्त्री ? यस्ता छन् चर्चाका नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेपछि नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षी बढ्न पुगेका छन् ।काँग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका आकांक्षी बढ्न पुगेपछि प्रधानमन्त्री देउवालाई व्यवस्थापन गर्न सकस परेको बताइएको छ । जसमा काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालदेखि सांसद प्रकाश रसाइलीसम्मको नाम मन्त्री हुने चर्चामा छन् ।  मन्त्री हुने चर्चामा रहेकामा डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्म

सम्बन्धित सामग्री

हाँसेरै मर्ने भए

केही दिनअघि माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा ईकमर्श (विद्युतीय माध्यमबाट हुने व्यापार)सम्बन्धी कानूनको बहस हुनुपर्ने थियो । तर उपस्थित उद्योगमन्त्री तथा माननीयहरूले विद्युत् व्यापारको पो गम्भीर छलफल गरेछन् । यो देख्ने सुन्नेहरू मुर्छा परेर हाँसे । कुनै गम्भीर विषयमा सदनमा बिरलै हुने गरेको गम्भीर छलफललाई लिएर गम्भीर बन्नुपर्ने मानिसहरू उल्टो हाँस्नुपर्ने त थिएन । कुरा आग्राको थियो, भयो गाग्राको । भएको त्यत्ति मात्र हो । जे भए पनि कुरा चैं व्यापारकै भएको थियो । यसमा हाँस्नैपर्ने त थिएन । हिजोआज मानिसहरूलाई के भएको छ कुन्नि उनीहरू गम्भीर हुन छाडेजस्ता छन् । देशका ठूला मान्छेहरूले कुनै गम्भीर कुरा गरे भने पनि हाँसोमा उडाउन थालेका छन् । जस्तै, हाम्रा प्रधानमन्त्री वा मन्त्री कुनै सार्वजनिक समारोहमा अझ धार्मिक कार्यक्रममा गएर भगवान् बुद्धले भनेको मार्गमा चल्न सक्नुपर्छ, उनका उपदेशरूलाई जीवनमा उतार्नुपर्छ भन्छन् । तर यो सुनेर मानिसहरू एकआपसमा मुखामुख गर्छन् र हाँस्न थाल्छन् । मलाई ताज्जुप लाग्छ । भगवान् बुद्ध महापुरुष हुन् । उनका उपदेश पनि एकदमै राम्रा छन् । हाम्रा मन्त्री, प्रधानमन्त्री पनि राम्रै मान्छेहरू हुन् । राम्रै भएर त राम्रै राम्रै पदमा पुगेका हुन् । तर उनीहरूको कुरामा मान्छे हाँस्छन्, किन ? पहिले पहिले त मान्छेहरू यसरी हाँस्दैनथे त । मन्त्री, नेताहरू समयअनुसार मौका पर्नासाथ राम्रा कुरा गर्छन् । यो उनीहरूको बानी पनि हो । यसमा नराम्रो मान्नुपर्ने वा हाँस्नुपर्ने कुरा पनि छैन । मानौं, कुनै दिन कुनै भ्रष्टाचारी, गुण्डाको जन्मदिनमा नेतालाई बोलाउनुभयो भने पनि बानीअनुसार नेताले भन्ने नै छन् कि ‘हामीले फलानाको आदर्शहरूलाई जीवनमा उतार्नुपर्छ ।’ पाकेटमारहरूको संगठनको सम्मेलन उद्घाटनमा बोलाइयो भने पनि उनीहरूले भन्नैपर्छ कि ‘पाकेटमारहरूको रोजीरोटीको ग्यारेन्टी गर्नैपर्छ । सरकार पाकेटमारहरूको विकासका लागि पूरै कोशिस गर्नेछ ।’ एक दिन एउटा मिसनरीले खोलेको अनाथालयमा गएर एक मन्त्रीले भने, ‘घरघरमा शौचालय खोलिसकेपछि अब सरकार घरघरमा अनाथालय र विधुवा–आश्रम तथा वृद्धाश्रमहरू पनि खोल्न चाहन्छ ।’ मन्त्रीहरू यस्ता गम्भीर कुराहरू गरिरहन्छन् । तर हामी त्यसमा ध्यान दिँदैनौं । हामी उनीहरूको कुरामा हाँस्दिन्छौं मात्र । मन्त्रीहरू त मन्त्रीहरू हुन् । उनीहरूले कति गम्भीर भएर गम्भीर गम्भीर कुराहरू भनिरहेका हुन्छन् । जस्तै, भगवान् बुद्धका उपदेशमा कुनै हास्यरस त हुँदैन । त्यसो भए हामी हाँस्छौं किन त ? स्वास्थ्यमन्त्री भन्छन्– डाक्टरहरूले नि:स्वार्थ भावले सेवा गर्नुपर्छ । हामी त्यो सुनेर हाँस्छौं । शिक्षामन्त्री भन्छन्– सरकार देशको शिक्षाक्षेत्रको विकासमा खुब लागिराछ । शिक्षाको उद्देश्य रोजगारी सृजनाभन्दा चरित्र निर्माणमा केन्द्रित हुनुपर्छ । त्यसमा पनि हामी हाँस्दिन्छौं । उद्योग, पर्यटन, ऊर्जा, अर्थ लगायतका मन्त्रीहरूले मौका पर्नासाथ भनिरहेका हुन्छन्, ‘व्यापारमा नैतिकताको पालना गर्नुपर्छ ।’ हामी त्यसमा पनि हाँस्छौं । हुँदाहुँदा अहिले हाम्रा नेता अर्थात् भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनाराणलगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि । मानिसहरू नेता, मन्त्रीका कुराहरूमै हाँस्न थालेपछि म जस्ता हास्य व्यंग्यकारहरुको काम र दाम त रोकिने भो त ! म हास्यव्यंग्य लेख्छु । यो मेरो रोजीरोटी पनि हो । तर म तपाईंहरूलाई हँसाउन कत्ति मेहनत गर्छु । हास्यास्पद चरित्र र स्थिति निर्माण गर्छु । लक्षणा, व्यञ्जना खोज्छु । भाषाको साधना गर्छु । टाउको ठोकठाक गरेर कति समय लगाएर लेख्छु, तैपनि हँसाउन सक्तिनँ । तर, यी नेता, मन्त्रीहरू कति सजिलै हँसाउन सक्छन् भन्या ! अस्ति पशुपतिनाथ परिसरमा एक सार्वजनिक समारोहमा एक मन्त्रीले ‘मानव सेवा नै धर्म हो’ भनेका मात्र के थिए, दर्शक स्रोताहरू मुर्छा परेर हाँस्न थाले । यसो भएपछि म जस्ता हास्य व्यंग्यकार त भोकै पर्ने भए । किनकि कसैलाई हाँस्नु छ भने नेताका भाषण सुने पुग्यो वा तिनका वक्तव्य पढे भो । भाषण सुनेपछि मानिसहरू घण्टौं हाँसेर लडीबुडी गर्न थाल्छन् । हैन के भइरहेछ यहाँ ? विगतमा राम्रा राम्रा ठानिएका कुराहरू नै अहिले जोकजस्ता बनेका छन् ? कि हामीहरूको स्वभाव नै गम्भीर नभई हाँसिरहने किसिमको बन्दै गएको हो ? वा तपाईं हाम्रो स्वभाव नै कसैको मुखारवृन्दबाट निस्केका गम्भीर र राम्रा कुराहरू नै हास्यास्पद लाग्न थालेका हुन् ? हुन त कतिपय गम्भीर हुनुपर्ने ठाउँमा हामी हासिदिने र हाँस्नुपर्ने ठाउँमा चैं गम्भीर भइदिने बानी पनि छ हाम्रो । जस्तै, गत हप्ता एउटा कार्यक्रममा प्रधानमन्त्रीले ‘सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको’ भन्न मात्र के भ्याएका थिए, मानिसहरू गम्भीर भइहाले । खासमा यो हाँस्नुपर्ने कुरा थियो । तर जब प्रधानमन्त्रीले स्वच्छ प्रशासन चलाउने कुरा गरे । मान्छेहरू हाँस्न थाले । नयाँ गृहमन्त्री आउनेबित्तिकै देशमा भ्रष्टाचार निर्मूल पार्छु भने । फेरि मान्छे हाँस्नैमै लागे । मलाई अचम्म लाग्यो । यसमा हाँस्नुपर्ने कुरा के छ र ? कस्तो सुकर्म गरेका छन् हाम्रो नेतृत्व वर्गले कि उनीहरूका मुखबाट कुनै राम्रो उपदेशको कुरा सुन्नासाथ हाँसो उठ्न थाल्छ । नेताहरूले प्रत्येक आदर्श र राम्रा कुराहरूलाई हास्यरसले भरिपूर्ण बनाउन कत्ति धेरै मेहनत गरेका छन् । विसं २०४६–४७ सालतिर देश सेवाका कुरा गर्दा मान्छेहरू गम्भीर रूपले लिन्थे । अहिले आएर त्यै कुरा गर्दा जनता हाँस्छन् । २०४७ सालमा नेताहरूले विकास, समृद्धिका कुरा गर्दा मान्छेहरूले गम्भीरतासँग लिन्थे । अहिले यस्ता कुराहरू मजाक गरेजस्तो हुन थालेको छ । हुँदाहुँदा अहिले यी हाम्रा नेता अर्थात् हाम्रा भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनारायण लगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि । देशैभरि यति धेरै सांसद, मन्त्री, नेताहरूले दिनदिनै यति धेरै राम्रा राम्रा कुरा गरिरहेका हुन्छन् कि जनताहरूलाई हाँसो सम्हाल्नै मुश्किल होला जस्तो छ । मेरो चिन्ता यो छ कि नेताहरूको कुराले मानिसहरू धेरै हाँस्न थालेका कारण मेरो हँसाउने उपक्रम र रोजीरोटी त खोसिने भो नै । तर त्योभन्दा चिन्ताको कुरा यो छ कि नेपाली जनता भने नेताहरूका राम्रा राम्रा आदर्शका कुरा सुनेर हाँस्दा हाँस्दै भोकभोकै पो मर्ने भए त !

यस्ता छन् पञ्जाबमा आप सरकारका १० मन्त्री

पञ्जाबका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले आफ्नो मन्त्रीमण्डलका सदस्यहरूको नाम घोषणा गरेका छन् । प्रदेशको नयाँ मन्त्रिपरिषद्ले शनिबार शपथ लिनेछ । मानले आफ्नो ट्विटर ह्यान्डलमा यी नामहरूको घोषणा गरेका हुन्। भगवन्त मानले लेखेका छन्, ‘पञ्जाबको नयाँ क्याबिनेटले शनिबार शपथ लिनेछ । पञ्जाबको आप सरकारमा हुने सबै मन्त्रीहरूलाई धेरै धेरै बधाई।पञ्जाबका जनताले हामी सबैलाई धेरै जिम्मेवारी दिएका छन्, हामीले जनताको सेवा गर्न, पञ्जाबलाई इमानदार सरकार दिन दिनरात मिहिनेत गर्नुपर्छ। रंगला पञ्जाब बनाउन

रामकुमारी झाँक्रीदेखि प्रेम आलेसम्म : यस्ता छन् एकीकृत समाजवादीका मन्त्री

नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यीमध्ये चारजना फुलमन्त्री र एकजना राज्यमन्त्री बन्ने भएका छन् । पार्टीबाट मन्त्री बन्नेहरुमा नेकपा एमालेमा हुँदा सरकारमा जाने अवसर नपाएका बढी छन् ।एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । एक राज्यमन्त्रीको नाम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिव

बामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार र कपोलकल्पितः सचिवालय

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने समाचारको उनको सचिवालयले खण्डन गरेको छ। मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमार्फत गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताए। उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधीक तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको जिकिर गरे।

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताएका छन् । उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधी  तत्त्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको  उल्लेख गरेका छन् । हरेक पटक मन्

यस्ता कर नि लगाऔं न सर्खार !

सरकार आगामी बजेट ल्याउने तयारीमा छ । सबैले बुझेकै कुरा हो कि जस्तो सरकार त्यस्तै बजेट र त्यस्तै कर । सरकार वामपन्थी भएसि बजेट पनि सोही अनुसारकै बनाउनै प¥यो । अर्थात् जनताबाट तात्तातै प्रशंसा पाउने खालका कार्यक्रम ल्याउनै पर्‍यो । दिगो विकास भन्ने कुरा त पछि ‘देखा जाएगा’ नै । सरकारले पनि पहिले त आफ्नो स्वास्थ्य पो हेर्ने हो, त्यसपछि अर्थतन्त्रको स्वास्थ्य । आश्वासन कर लागू भएपछि सरकारी कर्मचारी पनि धेरै आयकर दातामा दरिनेछन् । किनकि प्रायः उनीहरू समयमै काम गर्दिन्छु भनेर आश्वासन दिन्छन् । तर एउटा टेबुलबाट अर्को टेबुलमा फाइल पटक्कै सार्दैनन् । त्यसकारण वृद्धभत्ता बढाएर हात्हाती नगद बाँडौं । आसचपु बाँडौं । आशा बाडौं, सपना बाडौं, कनिकै सही, अलि अलि बजेट पनि बाडौं, नपुगे ऋण काढौं । पकेट पकेटबाट निक्लने आयोजनालाई पनि बजेट नछुटाऔं । चुनाव पनि त आउँदै छ नि । त्यसैले, जे जे बाँड्न सकिन्छ, बाँडौं र वामपन्थीको सरकार भएको अनुभूति दिलाऔं । समस्याहरू छन् । किनकि मन्त्री मण्डल छ, सरकारी कर्मचारी, सेना, प्रहरी, आयोग लगायतमा त्यति धेरै खाने मुखहरू छन् । सबैलाई पाल्न सरकारलाई कम्ता सकस छ ? अहिले उठिरहेको राजस्वले सरकारी तलब भत्ता धान्दैन । विदेशीसँग झोली पनि कति थाप्नु ? त्यसैले अर्थमन्त्रीजीलाई यस्ता प्रकारका नयाँ कर लगाउने सुझाव दिन चाहन्छु कि, जसबाट हाम्रो देशले विश्वको सामु एउटा उदाहरण पनि प्रस्तुत गरोस् र सरकारको आम्दानी पनि बढोस् । लौ पढ्नुस् कर सम्बन्धी केही मौलिक, अप्रकाशित र अप्रसारित सुझावहरू : १. विरोध कर : यो करलाई विरोध कर नभनेर ‘विरोध गर्ने अधिकारको संरक्षण शुल्क’ वा त्यस्तै कुनै नाम पनि दिन सकिन्छ । यो कर लागू गरेपछि सरकारको आम्दानी यति धेरै बढ्छ कि भनिसाध्यै छैन । यो देशमा यदि कसैले कसैको विरोध गर्छ भने त्यसको बदलामा यो कर चुक्ता गर्नुपर्ने बनाऔं । यो करको दर विरोधको अनुपातमा निर्भर गर्नेछ । यदि विरोध बयानबाजी मात्र हो, उदाहरणका लागि सार्वजनिक वक्तव्य बनाएर प्रेस रिलिज मिडियामा पठाएको हो भने यसको कर कम पर्छ । तर विरोधमा धर्ना, नाराबाजी पनि समावेश छ भने कर अलि बढी तिर्नुपर्ने हुन्छ । यदि विरोधको स्तर त्योभन्दा माथिल्लो छ भने कर पनि झन् बढी हुनेछ । हाम्रो देशमा एक अर्कोप्रति विरोध गर्ने प्रवृत्ति सबैमा पाइन्छ र नेताहरूमा त सबभन्दा बढी । त्यसैले नेताहरूले बढीभन्दा बढी यो कर तिर्नुपर्ने हुन्छ । अहिलेसम्म त नेताजीहरूलाई ‘ट्याक्स होलिडे’ नै छ क्यारे ! अब त्यो होलिडे अन्त गरौं । योबाहेक विरोध गरिहाल्ने लुतोबाट ग्रस्त समाजका अन्य प्रजातिलाई पनि तिनका लुतो मेटाउन यो नयाँ कर भुक्तानीले सहज हुन्छ । यसबाट सरकार पनि मालामाल हुन्छ । २. आश्वासन कर : यो कर तिनैले तिर्नुपर्ने हुन्छ, जसले केवल आश्वासन दिएरै आफ्ना काम पट्याइरहेका छन् । भलै चाहे ती उच्चकोटीका हुन् वा दुई कौडीका । यो कर लागू भएपछि त सरकारी कर्मचारी पनि धेरै आयकर दातामा दरिनेछन् । किनकि प्रायः उनीहरू समयमै काम गर्दिन्छु भनेर आश्वासन दिन्छन् । तर एउटा टेबुलबाट अर्को टेबुलमा फाइल पटक्कै सार्दैनन् । प्रेमिकालाई विवाह गर्ने आश्वासन दिने होनाहार प्रेमीहरू पनि यो करको दायरामा पर्छन् । अर्थात् यसबाट पनि सरकारको दुवै हातमा लड्डु हुनेछ । ३. भाषण कर : यो कर लागेमा नेताका साथै कर्मचारी र मजदूर युनियनका नेता, पत्रकार सबैले चुक्ता गर्नुपर्ने हुन्छ । हिजोआज त उद्योगी, व्यवसायी पनि भाषणबाजीप्रति बढी नै लाग्ने गरेको परिप्रेक्ष्यमा यो करले सरकारको आम्दानी निकै बढाउने पक्का छ । किनकि नयाँ उद्योगहरू नखुले पनि टोलटोलमा व्यावसायिक संघ, संगठन पुगेका छन् र बाह्रै महीना भाषणको वर्षा हुन थालेको छ । वास्तवमा माथिका यी चारै प्रजातिका भाषणबाजहरूको काम अहिले भाषण दिने हो । अँ, भाषणका पनि विभिन्न प्रकार छन् । संसद्मा गरिने भाषणमा भिन्नै दरको कर लगाए भोे । लामो र निन्द्रा लाग्ने खालको भाषण दिनेसँग बढी कर असुल्ने व्यवस्था गर्न सकिन्छ । यसो भयो भने बढी बोलेबापत कि कर तिर्छन् कि समयमै माइक छोड्छन् । उद्घोषकलाई चिर्कटो दिइरहने झन्झट पनि चट् हुन्छ । संसद्मा सभामुखलाई पनि सजिलो । चल्तीका भाषण दिनेले अलि कम कर दिए भो । भड्काउने भाषण दिनेसँग करसँगै जरीवाना पनि थपेर लिए भो । हाम्रो देशमा धेरै मानिस भाषण दिएर मात्रै काम चलाउनेहरू छन् । त्यसैले यो करबाट पनि सरकारको राजस्व ह्वात्तै बढ्छ । सबैभन्दा बढी कर त प्रधानमन्त्रीबाटै उठ्ला ! ४. चाप्लुसी कर : यो मुलुकमा झुठो प्रशंसा अर्थात् खुसामद गर्ने महान् परम्परा रहिआएको छ । कर्मचारी आफ्ना हाकिमको, हाकिम आफ्नो बडा हाकिमको र बडा हाकिम नेतालाई खुशी पार्न निकै प्राथमिकता दिएर लागेका हुन्छन् । नेता चैं फेरि दलको ‘हाई कमाण्ड’को चाप्लुसी गरेर आफ्नो राजनीति गरिरहेको हुन्छ । चाप्लुसीको यो परम्परालाई भजाएर सरकारले थप मस्ती गर्न सक्छ । केवल चाप्लुसीमा करै लगाइदिने त हो । यीबाहेक जुलुस कर, कसैले नयाँ कुरा भनेकोमा कर, सुन्धारातिर पुग्दा धरहराको तला गनेको कर, डेटिङ कर, सेटिङ कर आदि थुप्रै प्रकारका करका नयाँ आइडिया मेरा दिमागमा फुरिरहेको छ । तर डर यो छ कि अर्थमन्त्रीजीले नयाँ आइडियामै पनि कतै कर लगाइदिने त होइनन् ? अर्थमन्त्रीले चाहे भने के मात्रै गर्न सक्तैनन् र ?

क्यान इन्फोटेक सुरु, यस्ता छन् मेलाका विशेषता

काठमाडौं : सूचना र प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजित सूचना प्रविधि मेला सुरु भएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला ६ दिनसम्म चल्नेछ। ‘सुविसु क्यान इन्फोटेक–२०१८’ नाम दिइएको मेलाको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत उद्घाटन गरे। विश्वमा पछिल्लो समय भएका सूचना र प्रव...

मधेसी महिला मन्त्री मिथिलाको सोलार सपना

त्यसै पनि हामीकहाँ महिला ‘क्याबिनेट’ मन्त्रीको संख्या औंलामै गन्न सकिन्छ। त्यसमाथि मधेसी समुदायबाट मन्त्री भएका महिला त अझ विरल छन्। रेणु यादव, चित्रलेखा यादव, सरिता गिरी र सीतादेवी यादव- यी यस्ता महिला हुन्, जो मधेसी समुदायबाट आएर 'क्याबिनेट' मन्त्री बने। यही सूचीमा यसपालि नयाँ नाम थपिएको छ - मिथिला चौधरी। शेरबहादुर देउवा सरकारका तीन महिला मन्त्रीमध्ये…