त्यसै पनि हामीकहाँ महिला ‘क्याबिनेट’ मन्त्रीको संख्या औंलामै गन्न सकिन्छ। त्यसमाथि मधेसी समुदायबाट मन्त्री भएका महिला त अझ विरल छन्। रेणु यादव, चित्रलेखा यादव, सरिता गिरी र सीतादेवी यादव- यी यस्ता महिला हुन्, जो मधेसी समुदायबाट आएर 'क्याबिनेट' मन्त्री बने। यही सूचीमा यसपालि नयाँ नाम थपिएको छ - मिथिला चौधरी। शेरबहादुर देउवा सरकारका तीन महिला मन्त्रीमध्ये…