हेटौंडा : नेकपा एकीकृत समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा दुईजनाको नाम सिफारिस गरेको छ। हेटौँडा उपमहानगरपालिका कमिटीको बैठकले उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो। बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडाध्यक्ष पदका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ। बैठकले हेटौंडाको उपमेयर पदको उम्मेदवारको रूपमा ध्रुव भुजेल, तिलक अधिकारी, तारा ढुङ्गाना लामा र कविन पन्तको नाम