नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो।
नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको सञ्चारमन्त्री साहले जानकारी दिनुभयो।