हलवाला र निर्माताबीच वार्ता हुँदै, हल बन्दको निर्णय फिर्ता गर्नुपर्ने निर्माता संघको सर्त

काठमाडौं । आरोप-प्रत्यारोपदेखि निषेधसम्म उत्रिएका नेपाली फिल्मका दुई प्रमुख संस्थाहरुबीच आज अपरान्ह वार्ता हुने भएको छ । विशालनगरस्थित चलचित्र संघको कार्यालयमा निर्माता संघसँग हुने वार्तामा दुवैै पक्षका अध्यक्ष र महासचिव सहभागी हुनेछन् । अपरान्ह ३ बजे बोलाइएको वार्ताको नेतृत्व निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले गर्दैछन् । नेपाली फिल्मको वितरण र […]

सम्बन्धित सामग्री

राजनीतिक कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

२५ मंसिर, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्री भन्छन्, ‘विभिन्न समूहसँग वार्ता भइरहेको थियो, ती दलका कार्यकर्तासँग सम्बन्धित राजनीतिक प्रकृतिका केस हल गर्ने गरी अपराध संहिता […]

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो । आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्

नेपाल चलचित्र संघ र निर्माता संघबीच सहमति, हल बन्दको निर्णय फिर्ता

काठमाडौं । नेपाली चलिचत्र क्षेत्रमा देखिएका पछिल्ला समस्याबारे नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबीच छलफल भएको छ । शुक्रबार भएको छलफलमा दुवै संघका महासचिवको नेतृत्वमा पाँच/पाँच सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ । समितिबाटै समस्याको समाधान खोज्ने सहमति भएको छ । सहमति भएसँगै सोमबारदेखि सिनेमा हल बन्दको निर्णय चलचित्र संघले फिर्ता लिएको छ...

सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता, वार्ता समिति गठन

काठमाडौं । नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा यस्तो सहमति भएको हो । चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै […]