नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो । आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्