आन्तरिक छलफलमा जुट्यो कांग्रेस

नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग छलफलका लागि बालकोट गएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो। नेताहरु कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का बैठकका लागि बालुवाटार प्रवेश गरेका छन्।...

सम्बन्धित सामग्री

संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले धुम्बाराहीमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय बैठक अघि पदाधिकारी छलफलमा जुटेका हुन्। सोमबार धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। आधिकारिक निर्णय गर्न केहीबेरमा संसदीय […]

गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, पुस १० । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । केहिबेरमा सुरु हुने सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित राख्न कांग्रेस शीर्ष नेताहरु विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सरकारको पहिलो चरणको नेतृत्व लिन कांग्रेस र माओवादीले आ–आफ्नो दाबी गर्दै आएका छन् […]

गगन र शेखरसहितको टोली ‘निर्णायक’ छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापन इतर समूह पनि निर्णायक छलफलमा जुटेको छ। कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भइरहेको छ। छलफलमा गगन थापा र शेखर कोइराला दुवै सहभागी छन्। […]

कांग्रेस र लोसपाका नेताहरू छलफलमा

काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै […]

प्रधानमन्त्रीसहित कांग्रेस नेतासँगको छलफलमा राष्ट्रपतिले दिएको त्यो संकेत

राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत देखाएकी छिन् । सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः पारित भएर नागरिकता विधेयक आए प्रमाणीकरण हुने संकेत देखाएकी हुन् ।राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पुनः पारित गरेर पठाउने गरी प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रियसभामा पठाएको विधेयकमाथि आज विधायन समित

संसद बैठक स्थगनपछि कांग्रेस र एमाले आन्तरिक छलफलमा

काठमाडौँ – बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दलहरु अहिले आन्तरिक छलफलमा लागेका छन्। नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले संघीय संसद भवन बानेश्वरमै आन्तरिक छलफलमा जुटेका हुन्। बिहीबार संसद बैठकमा सहभागी हुन सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए। यहींबीच संसद सचिवालयले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको सूचना जारी गरेको […]

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् । पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको […]

काँग्रेसका तीन नेता छलफलमा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन्। नेता त्रयबिच पछिल्लो राजनीतितक परिस्थिति र कांग्रेस महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। छलफलका लागि उनीहरू सिंह निवास चाकसिबारिमा पुगेका छन्। यस अघि पनि काँग्रेस महाधिवेशनको विषयलाई लिएर उनीहरूले पटक पटक छलफल गरेका छन्।

मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।

बूढानीलकण्ठमा विपक्षी गठबन्धन छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ नेताहरूको छलफल चलिरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको उनले बताए।नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताए।प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि व