काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले आफूपछिको वरियतामा भने गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । उनी कांग्रेसबाट मन्त्री बनेका हुन् । त्यस्तै, वरियताको तेस्रो नम्बरमा पनि कांग्रेसबाटै सञ्चारमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्कीलाई राखिएको छ । वरियताको चौथो नम्बरमा भने माओवादी केन्द्रबाट उर्जामन्त्री बनेकी पम्फा भुषाल […]