काठमाडौं । एनआईसी एसिया बैंकले १५.७८९४७ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।