दाङ- उच्च अदालत, तुलसीपुरले छाडा चौपाया नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय कानुन संकायमा अध्ययनरत विद्यार्थीहरू केशव घर्तीमगर, नवीन खनाल, कृपा पन्त र करिश्मा ज्ञवालीले बुटवल उपमहानगरसमेतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए। साेही रिटमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश रमेशराज पोखरेलको एकल […]