नारायणगढ–मुग्लिन तथा बुटबल सडकखण्डमा गाडी सामान्य

काठमाण्डौ – नारायणगढ–मुग्लिन तथा बुटबल सडकखण्डमा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । पानी पर्नासाथ पहिरो जाने यो सडकखण्डमा आज गाडी सामान्य रुपमा चलेका ट्राफिक प्रहरीले जनाएको छ । चितवन आसपासमा हिजो बेलुका पानी परेको थियो । अहिले पानी परेको छैन । यो सडक खण्डमा केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । ती ठाउँमा अहिले पानी परेपछि पहिरो खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा सामान्य अवस्थामा दैनिक १० हजारको संख्यामा गाडी...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन, ८ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि […]

नारायणगढ - मुग्लिन सडक सुचारु

पहिरो हटाएसँगै नारायणगढ - मुग्लिन  सडकखण्डमा यातायात सुचारु भएको छ । नारायणगढ - मुग्लिन  सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको थियो ।  लगातारको वर्षाले चितवनका दुई ठूला नदी...

खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडौं । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक […]

नारायणगढ मुग्लिन सडक अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो

चितवन । हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन पनि सकिएको छैन । बिहीबार देखि नै अवरुद्ध सडकमा हिजो पहिरो पन्छनएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । पहिरोका […]

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

१८ असार, काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । भरतपुरमहानगरपालिका-२९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुन: पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ।’ पहिरो […]