केन्द्र सरकारले नेतृत्व गरेको दल नेकपा एमालेमा बढेको अन्तरविरोधको प्रभाव प्रदेश सरकारहरूमा ‘फटाफट’ देखिन थालेको छ । गण्डकी प्रदेशबाट शुरु भएको हलचल कर्णाली हुँदै लुम्बिनीसम्म पुगेको छ ।संसद विघटन, अदालतबाट एमाले–माओवादीको पुर्नस्थापना, एमालेभित्रको अन्तरविरोध र कारवाही प्रकरणले यसअघि मजबुत रहेका भनिएका प्रदेश सरकारविरुद्ध धमाधम अविश्वास प्रस्ताव आउन थालेका छन् । यससँगै प्रदेशहरूमा ‘हलचल’ नै पैदा हुन थालेको छ ।ती प्रदेशमा एमालेको नेतृत्वमा सरकार रहे पनि अविश्वा