बंगलादेशको हाजीगंजमा राखिएको दुर्गापूजा मण्डपमा आक्रमण गर्ने जमात–ए–इस्लामी नेता कमालुद्दीन अब्बासीले आफ्नो अपराध सकारेका छन् ।
बिहीवार साँझ चाँदपुर सिनियर जुडिसियल मजिस्ट्रेट मोहम्मद कमालुद्दीनसमक्ष उनले साबिती बयान दिएका हुन् ।
अक्टोबर १३ मा लडाकूहरूको एक समूहले हाजीगंज बजार मन्दिरमा बेलुका ८ बजेपछि आक्रमण गरेका थिए । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन खोज्दा आक्रमणकारीहरूसँग भिडन्त भएको थियो ।
त्यसपछि भड्किएको हिंसामा पाँचजना मारिएका थिए । सीसीटीभी फूटेज हेर्दा अब्बासीले हिंसाको ...