इजरायल–प्यालेस्टाइन संघर्षमा भयो युद्ध अपराध, निशाना बने आमनागरिकः रिपोर्ट

बीबीसी। ह्युमन राइट्स वाच (एचआरडल्लु)ले गत मे महिनामा इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको संघर्ष युद्ध अपराध बराबर भएको जनाएको छ। एचआरडब्लुले गरेको जाँचअनुसार तीन घटनामा ६२ जना मारिएका थिए। इजरायलले गरेको आक्रमण हमासको सैन्य ठेगानामा भएको प्रमाणित कतैबाट पनि नहुने एचआरडब्लेले आफ्नो जाँच रिपोर्टमा जनाएको छ। संघर्षका बेला इजरायलले सैन्य आक्रमण केवल हमासको सैन्य ठेगानामा मात्र भएको बताएको थियो।