काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनु भएको छ ।
नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताउनु भयो । उहाँले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गर्नुभयो । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठू...