नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान

२ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो । एमाले […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा दलहरू एक ठाउँमा उभियौँ, ७ वर्षे प्रावधान राखौँ : एमाले

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक फिर्ता आउनु राम्रो भएको र अब वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राख्न आग्रह गरे । दलहरू विभाजित भएर […]

नागरिकता विधेयकमा सरकारले ठिक काम गरेको छ : वामदेव

काठमाडाैं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। साेमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगीकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन्। उनले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताए। नागरिकताको समस्या समाधान गर्न सरकार

वैवाहिक अंगीतकृतमा सात वर्षे प्रावधान हटाएको भन्दै नारायणकाजीको असन्तुष्टि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकमा वैवाहिक अङ्गीकृतको हकमा सात वर्षको प्रावधान हटाउँदा विचार नपुर्‍याइएको बताएका छन् ।  राष्ट्रिय सभाको आजको बैठकमा उनले संसद्को राज्य व्यवस्था समितिको प्रतिवेदनमा उल्लेख भएको सात वर्षे प्रावधान हटाउन आवश्यक नभएको बताए । तर, विधेयकमार्फत नेपाली नागरिक बाबुआमाका सन्तानले नागरिकता पाउने कुरा आउनु राम्रो भएको उनको […]

नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता गर्नुपर्ने मिश्रको माग

काठमाडौँ । रवीन्द्र मिश्रले नागरिकता विधेयक राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै मिश्रले नागरिकता विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले नागरिकता विधेयकमा भएका धेरै प्रावधान सकारात्मक भए पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह लगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक रहेको उल्लेख गरेका छन् ।

नागरिकता विधेयकमा बलजफ्ती गरियो, गठबन्धनका नाममा जे पनि सैह्य हुँदैन

नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले गलत प्रक्रियाबाट पारित भएको नागरिकता विधेयकमा रहेको अंगीकृत नागरिकता सम्बन्धी प्रावधान अस्वीकार्य रहेको बताउनुभएको छ । शुक्रबार विधेयक पारित भएपछि शनिबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले नागरिकता विधेयकमा गठबन्धनको नाममा कांग्रेसले बलजफ्ती गरेको आरोप समेत लगाउनुभएको छ । नेताा श्रेष्ठले …

नागरिकता विधेयक : फुकेन अंगीकृतको गाँठो

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍यो । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गोविन्द  प्रसाद शर्मा (कोइराला)ले बताइसकेका  छन् । आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ ।नागरिकता विधेयकमा नमिलेको मुख्य विषय हो( वैवाहिक अंगीकृत नागरिकतामा कस्तो प्रावधान राख्ने  भन्ने । २०६३ सालमा बनेको ऐनअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउनेबित्तिकै विदेशी महिलाले नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । यही व्यवस्थाको निरन्तरताको पक्षम

नागरिकता विधेयकमा एमाले-माओवादी  : नेकपाकालीन निर्णयमा अडिग

सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन । नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदारीको विषय हो – वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान । यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन । विधेयकमा सुरुमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह भएलगत्तै नागरिकता प्राप्त गर्न सक्ने तर, ६ महिनाभित्र विदेशी नागरि