काठमाडौं, ९ असार । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकैठाउँमा मिसाउन नपाइने भएको छ । दुवै फोहोर एकै ठाउँमा जम्मा गरेमा काठमाडौं महानगरपालिकाले ५ सय रुपैयाँ जरिवाना समेत गर्ने भएको छ । आज एक सुचना जारी गर्दै महानगरले फोहोर संकलनको क्रममा फोहोर नछुट्याए प्रत्येक पटक जरिवाना गर्ने चेतावनी दिएको छ । महानगरले […]