काठमाडौँ। दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ भने १७ जना बिरामी भएका छन् । राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ । उनको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेको हो । […]