नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रवृति सारसंग्रवादी भएको बताएका छन् । शुक्रबार संवाद डबलीमा सहिद कृष्णसेन इच्छुकको सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुदर्शनले दार्शनिक रुपमा विप्लव सारसंग्रहवादी भएको बताएका हुन् ।उनले विप्लवले एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाएको बताए । “एकीकृत जनक्रान्तिलाई मनछिन्ते झोली बनाउनुभयो, दर्शन पनि त्यही हो, राजनीति पनि त्यही हो, रणनीति