१ असोज, चितवन । भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो । रंगशाला बनाउँदा लागेको ऋण कसरी तिर्न सकिन्छ भनेर धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दौडधुप गरेको पनि लामो समय भयो । गत असारमा सरकारले रंगशाला निर्माणका क्रममा फाउन्डेसनलाई लागेको ऋण तिर्न १२ करोड रुपैयाँ सर्शत […]