काठमाडाैँ – आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदैछन् । खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका हाे । आजको खेलमा कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । मंगलबार पनि प्रधानमन्त्री कप क्रिकेट दुई खेल भएका थिए ।