धादिङ – नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटाेलाई नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा नामबाट सुरु गरेकाे पदयात्रालाई धादिङकाे सल्यानटारमा भव्य स्वागत गरिएकाे छ ।
सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि पदयात्रा सुरु गरेको हाे । गोरखाबाट सुरु भएको पदयात्रामा टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डा समावेश गरिएकाे छ । गाेरखाकाे रिपुमर्दन गणले धाद...