नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन थालिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अनियमितता छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसए