कोरिया जाने कामदारको लागि २३ प्रतिशत भाडा घट्यो, अब ४५ हजार रुपैयाँ

काठमाडौं : रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूको हवाई टिकटबापत ४५ हजार रुपैयाँ तिरे पुग्ने भएको छ। यसअघि औषत ५३ हजार रुपैयाँ लाग्दै आएकोमा २३ प्रतशित भाडादर घटाएर ४५ हजार २९२ रुपैयाँ बुझाए हुने भएको हो।  नयाँ भाडादरको लागि गरिएको बोलपत्रअनुसार भाडा घटाइएको वैदेशिक रोजगार विभाग इपिएस ...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।  नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।  उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ । गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका थिए । अब देखि चढ्ने वित्तिकै १८ रुपैयाँ र दुरी अनुसार पहिले तिर्दै आएको भाडामा ५ दशमलव ९ प्रतिशतले घटाएर तिर्नुपर्ने छ । रासस

अन्तर प्रदेश यातायातको भाडा घट्यो तर किन घटेन काठमाडौं उपत्यकामा ?

काठमाडौं : यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडा दर घटाएको छ। नेपाल आयल निगमले गत मंगलबार रातिदेखि कायम हुनेगरि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएसँगै भाडा दर घटेको हो। डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँबाट १५५ रूपैयाँ प्रतिलिटरमा झरेको छ। विभागले सार्वजनिक यातायातमा ३ दशमलव २० प्रतिशतले घटाएको छ। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४ दशमल १९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४ दशमलव ६५ प्रतिशत भाडा दर घटेक

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।  अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक

म्याग्दीका कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो

जनस्तरबाट चर्को विरोध र दवावका कारण म्याग्दीमा कालोपत्रे गरिएको सडकमा कायम रहेको यातायातको भाडा घटाउने निर्णय गरेको छ।...

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

काठमाण्डाै - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीकाे भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक  गाडीको भाडादर कम गरिएको हो ।  यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।&nb...

सार्वजनिक सवारी साधनको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । विभागको सूचना अनुसार अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रूटमा कति तिर्नुपर्ने ?

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घट्यो

रसुवा – रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो । सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो । जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।  &l...