रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घट्यो

रसुवा – रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो । सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो । जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।  &l...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ। काठमाडौं […]

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

काठमाण्डाै - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीकाे भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक  गाडीको भाडादर कम गरिएको हो ।  यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।&nb...

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

रसुवामा सार्वजनिक गाडिको भाडा घट्यो

रसुवामा सार्वजनिक गाडिको भाडादर घटेको छ। सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा संचालन हुने सार्वजनिक गाडिको भाडादर ७ प्रतिशतले घटाइएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार यातायात व्यवसायीसँग भाडा समायोजन...