भारतबाट थप १५ मेगावाट विजुली

 नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खर

सम्बन्धित सामग्री

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

१२ चैत, पोखरा । सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४४ मेगावाट क्षमताको सुपरमादीको शनिबारदेखि १५ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ र २ को बीचबाट बग्ने मादी नदीमा निर्माण भएको यो जलविद्युत आयोजना १३२ केभी प्रशारण लाइनको लेखनाथ सबस्टेसनमा जडान गरिएको सुपर […]

नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति

काठमाडौं । नेपालले भारततर्फ थप २३ मेगावट विजुली निर्यात गर्ने भएको छ । भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको हो । विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको थप २३ दशमलब ५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले […]

कालिगण्डकीको विजुली भारत निर्यात

भारतबाट विजुली किनेर अँध्यारो हटाउने नेपालले अब भारतलाई बिजुली बेच्न थालेको छ । यसै क्रममा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राती १२ बजेदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक …

कालीगण्डकीको बिजुली भारत निर्यात

नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप बिजुली भारतीय ऊर्जा एक्सचेन्ज बजार (आइइएक्स) मा बिक्री गर्ने भएको छ । वर्षालागेसँगै पानी परेका कारण नदीमा पानीको बहाब बढेको छ । जसका कारण आन्तरिक खपत भएर बिजुली बच्न थालेको छ । त्यसैले प्राधिकरणले विजुली निर्यात गर्न थालेको जनाएको छ ।विहीबारदेखि प्राधिकरणले ३९ मेगावाट विजुली बिक्री गर्न […]

विजुली बेच्न टेण्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ । आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो । आगामी असारदेखि कात्तिकसम्म उक्त विजुली बेच्न सकिने प्राधिकराणको प्रस्तावमा उल्लेख गरिएकाे छ। भारतको केन्द्रीय विद्युत […]

नेपाललाई भारतमा ३२५ मेगावाट विद्युत विक्रीको अनुमति

लामो समयदेखि विजुली बेचेर समृद्ध हुने नारा अब भने सार्थक हुने बाटो खुलेको छ । पछिल्लो समय भारतले नेपाललाई थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे …

कुलमानले भने 'महँगोमा विजुली किनेर भए पनि लोडसेडिङ हुन दिदैनौ'

नेपाल विद्युत प्राधिकारणले लोडसेडिङ नभएको र हुन पनि नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले क्षणीक् समस्याको कारणले मात्र केहि दिन औद्योगिक क्षेत्रमा केहि बिजुली कटौती गरिएको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।उनका अनुसार भारतमा बिजुलीको मूल्य बढेको कारण नेपालले कबुल गरेको मूल्यमा बिजुली खरिद गर्न पाएको थिएन । तर आजबाट भने प्रति युनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने तयारी भईरहेकोले आजबाट कहिँ कतै पनि विजुली कटौती नहुने बताए । अहिलेको समस्या विश्वभरको भए पनि यो समस्या छोटोसमयको लागि मात्र हुने उनले बताए ।  उनले प्राधिकरणले महँगोमा खरिद गरेर भए पनि लोडसेडिङ हुन नदिने प्रतिवद्दता जनाए । उनले भने 'लोडसेडिङ भएको छैन , हुदैन र हुन पनि दिदैनौ' ।  प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ । यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए ।उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए ।भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो ।  जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित थिएँन ।  आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

विद्युत प्राधिकरणले आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने

नेपाल विद्युत प्राधिकारण आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ ।यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो । भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो । जसका कारण बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित थिएँन । आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

राष्ट्रिय प्रणालीमा थपियो १.२५ मेगावाट सोलार विजुली

२२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको …