वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी …