जहाजभित्र ‘अमर्यादित क्रियाकलाप’ गरेको भन्दै ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।  प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । यसअघि नेपाल ...

सम्बन्धित सामग्री

ऋषि धमला विमान प्रकरण : नेवानिसँग क्यानले माग्यो स्पष्टीकरण

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित भीआइपी रहेको उडानमा पत्रकार ऋषि धमलाले गरेको ‘प्रोटोकल उल्लंघन’का विषयमा नेपाल वायुसेवा निगम (नेवानि)लाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्पष्टीकरण सोधेको छ। विमानमा धमलाले जबरजस्ती गरेको प्रकरण छानबिनका लागि निगमले उपमहाप्रबन्धक केबी थापाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले केही दिनमै प्राधिकरणलाई प्रतिवेदन दिने गरी अध्ययन…

पत्रकार धमलाको बचाउमा पत्नी एलिजा

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजमा भिडियो रिपोर्टिङ गरेपछि पत्रकार ऋषि धमला अहिले विवादमा परेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा त्यही विमानमा रहेका धमला टेलिभिजनको क्यामरासहित भीआईपीतिर जबरजस्ती प्रवेश गरेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । फेसबुकमा अमेरिकी […]