सामान्यतया रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह अर्यात् चिनीरोग भएको भनिन्छ। हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ। यो हर्मोन पेटमा अर्थात् प्यांक्रियाजले उत्पादन गर्छ। यसको उत्पादन कम भयो भने रगतमा चिनीको मात्रा बढ्छ। रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्छौँ। यसको समयमा सही उपचार हुन सकेन भने विभिन्न जटिलता निम्त्याउन […]