नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमान्डाैं / काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् ।... The post नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव appeared first on Purbeli News.

सम्बन्धित सामग्री

खोप अभियान प्रभावकारी बनाउन सुझाव

काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् । सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ । केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए । सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । ‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’ चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस

समुदायस्तरमा फैलँदै ओमिक्रोन, लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ । सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ । चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकार...

सुदुरपश्चिममा तत्काल लकडाउन गर्न चिकित्सकको सुझाव : RajdhaniDaily.com -

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशभित्र लगातार कोरोना भाइरसका बिरामीको संख्या बढेर भयावह रुप लिएको भन्दै चिकित्सकले तत्काल लकडाउन गर्न सुझाव दिएका छन् । छिमेकी -

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैशाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्। कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा […]

नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले सं...

गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ

नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।

गर्भवतीलाई चिकित्सकको सुझाव

कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । नौ महिना लागेपछि दिएकोे मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।