गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति

२० जेठ, गुल्मी । गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १० मोहोराइमा रूख ढलेर मीना कुँवरको घरमा क्षति भएको प्रहरीले जनाएको छ । पिपलको रुख हावाहुरीले ढलेर टिनले छाएको तिनतले …

सम्बन्धित सामग्री

पाँच मिनेटको आँधीहुरीले अर्बाैं क्षति

आइतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी करोडौंका भौतिक क्षति भएको छ । आँधीहुरीले पर्सामा उक र बारामा २६ गरी २७ जनाको ज्यान लिएको छ । जम्मा पाँच मिनेटमात्र आएको आँधीहुरीले बाराको फेटा गाउँपालिका भलुही, भरवलिया, पुरैनिया, कलैया उपमहानगरपालिकाको वडा नम्बर १८ मनगढवा, प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी र परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ चैनपुरका सयौं घरमा क्षति पु¥याएको छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले २६ जनाको मृत्यु भएको तथा सयौं घर भत्केकाले यकिन तथ्यांक आउन बाँकी रहेको बताए । हावाहुरीबाट फेटाको भलुई भरवलिया र प्रसौनीमा बढी क्षति भएको छ । फेटामा फुसको घर, बिजुलीको पोल र रूख ढलेर किच्दा ६ जनाभन्दा बढीको मृत्यु भएको छ ।