काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय प्रणालीमा गएको दाबी गरेका छन्। मतदान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘एमाले एउटा पार्टी, गठबन्धन अर्को पार्टीजस्तै हो। दुई दलीय प्रणालीतर्फ देश गयो। कांग्रेस पनि वडासम्म चुनावमा जान डरायो। हाम्रो एउटा दल आफ्नो ढंगले मतदाता प्रभावित गर्नुछ छैन। केही भन्नु पर्दैन। एमालेको पक्षमा छ। पाँच दल भन्दा धेरै एमालेले ल्याउँछ।’ मतदाताले उत्साहपूर्ण सहभागिता जनाइरहेको बताए। केही ठाउँमा गठबन्धनको तर्फबाट आक्रमण भइरहेका