हेटौंडा : २०७८ सालको साउनतिर दक्षिण एशियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास गर्दै बागमती प्रदेशका तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भनेका थिए‚ ‘२०७९ सालको नयाँ वर्ष सुरुङमार्गमा नै मनाउँला।’उनले १०५ वर्ष पुरानो चुरियामाई सुरुङमार्गको पुनःनिर्माण गरेर २०७९ को वैशाख १ गते नयाँ वर्ष मनाउने निम्तो नै दिएका थिए तर ७९ सालको जेठ सकिन करिब १० दिन बाँकी रहँदासम्म पनि सुरुङमार्ग पुनःनिर्माण पूरा हुन सकेको छैन। चालू आवको वैशाख