राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा साना दललाई आफ्नै चुनाव चिह्न दिइने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो । आज बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले याे जानकारी दिनुभएकाे हाे । ७३ वटा राजनीतिक दललाई आफ्नो दलको चुनाव चिह्न प्राप्त गर्नका लागि जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को...

सम्बन्धित सामग्री

चुनाव चिह्न विवाद: लच्कियो निर्वाचन आयोग, तर साना दल अझै असन्तुष्ट

राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुले चुनाव चिह्न नपाउने अडानबाट अन्ततः निर्वाचन आयोग ब्याक भएको छ ।

‘कानुनले नै ठूला र साना दल भनेर विभेद गरेको छ’

२७ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठूला दलले दलीय चुनाव चिह्न पाउँछन् । तर पार्टी जिन्दगीभर एउटै चुनाव चिह्न लिएका साना दलका उम्मेदवारहरुले के चुनाव चिह्न पाउँछन् भन्ने एकीन छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा स्थानीय तहको निर्वाचनमा खडा भएका उम्मेदवारलाई मात्र चुनाव चिह्न वितरण गर्ने सम्बन्धी व्यवस्था छ […]

चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।