सरकारलाई राजस्व तिरेर दुई सय ग्रामसम्म सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन पाइन्छ। त्यस्तै, शरीरमा लगाइएका ५० ग्राम बराबरको सुनका गहनाको राजस्व तिर्नु पर्दैन। तर बुधबार एक व्यक्तिले देखाएर...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सुन आयातमा कडाइ गरेको छ। पहिले दैनिक २० किलो सुन ल्याउन पाउनेमा अब दस किलो मात्र ल्याउन पाइनेछ। हामीकहाँ विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको अवस्थामा आयात कम गर्न सुनमा कडाइ गरिएको हो। सुन आयात गर्दा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ। यो वर्ष हामीकहाँ सुन आयात अघिल्ला वर्षको तुलनामा धेरै […]
नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाइ गर्ने भएको छ । आइतबार एक निर्देश जारी गर्दै राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो । यसअघि बैंकहरुले दैनिक २० किलोग्राम सम्म सुन आयात गर्न पाउँथे । तर, पछिल्लो समय रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्राको संचिति समेत घटेपछि बैंकले सुन आयात नियन्त्रणको नीति लिएको हो ।
काठमाडौं : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ पर्ने घटना बढ्दै गएका छन्। मध्यफागुनमा मात्र प्रहरीले करिब ३ किलोग्राम सुन बरामद गरेको छ। यति सुनको मूल्य अहिलेको बजारअनुसार करिब २ करोड १ लाख ८९ हजार रूपैयाँ हुन्छ।विमानस्थलमा सरकारले जाँचमा कडाई गरेपछि सुनसहित पक्राउ पर्नेको संख्या बढेको हो। वैदेशिक रोजगारीबाट आउने व्यक्तिले गरगहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउँछन्। तर, अनेकौं तरिकाले अवैध तवरबाट सुन भित्रिने गरेको छ। अहिले अ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिनमा ठूलो परिमाणमा सुन समातिएको छ। भन्सार कार्यालयले तीनदिनमा ४७.१६ किलो सुन समातेको हो।
विदेशबाट आउने यात्रुले गहना बाहेकका सुन ल्याउन थालेपछि कार्यालयले चेकिङ कडा बनाएको छ।
पहिलो दिन सोमबार २१ किलो, दोस्रो दिन मंगलबार ११ किलो र तेस्रो दिन बुधबार १५.१६ किलो सुन…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ । बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव
काठमाडौं : विदेशबाट फर्किदा ल्याउन पाइने सामाग्रीबारे भन्सार विभागले परिपत्र जारी गरेको छ। विदेशबाट फर्किदा के सामाग्री ल्याउन पाइने, कति र के नपाइने भन्ने विषयमा विभागले फेरि स्पष्ट पारेको हो।
विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन्। यी सामाग्रीहरुमा सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउने गरेका…
विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याए
यो वर्ष २०७८ सालको दुई महिनामै ९ अर्ब ३७ करोड रुपैयाँको सुन भित्रिएको छ । निषेधाज्ञाले जेठमा सुन आएको थिएन भने वैशाखमा व्यवसायीले चाहे जति सुन ल्याउन पाएका थिएनन् । तर, वैशाखदेखि लागेको निषेधाज्ञा खुले लगत्तै व्यवसायीले चाडपर्वलाई लक्षित गरेर धमाधम सुन ल्याउन सुरु गरेका हुन् ।अहिले बजारमा उल्लेख्य माग नहुँदा पनि व्यवसायीले सुनको अर्डर दिन छाडेका छैनन् । खासगरी, यही भदौको अन्तिममा रहेको हरितालिका तीज, दसैँ/तिहार र त्यस लगत्तै सुरु हुने बिहेको सिजनलाई लक्षित गरेर व्यवसायीले धमाधम सुन स्टक रा